कपिलवस्तु । ड्यूरीमा रहेका सशस्त्र प्रहरीमाथि हातपात गर्ने गाउँपालिका उपाध्यक्ष पक्राउ परेका छन् । कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । उनले ड्युटीमा रहेका सशस्त्र प्रहरीका वरिष्ठ हवलदार भीमबहादुर चौधरीमाथि हातपात गरेका थिए ।
उपाध्यक्ष चौधरीले भारतीय सीमावर्ती बजारबाट सामान ल्याउने विषय विवाद हुँदा वडा नं. ५ शिवलवा दोहनी चेकपोस्टमा ड्युटी गरिरहेका चौधरीमाथि हातपात गरेका थिए।


