काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्मा मन्त्रीहरूको वरीयता हेरफेर गरिएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले क्याबिनेटको मर्यादाक्रम परिवर्तन गरेका हुन् । यसअघि तेस्रो वरीयतामा रहेका गृहमन्त्री सुधन गुरुङ पाँचौं स्थानमा झरेका छन् । अब तेस्रो र चौथो वरीयतामा क्रमशः परराष्ट्रमन्त्री शिशिर खनाल र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ उक्लिएका छन् ।

त्यस्तै, यसअघि १५औँ स्थानमा रहेकी मन्त्री सीता वादी आठौँ वरीयतामा उक्लिएकी छन् ।




