९ आश्विन २०८३, शुक्रबार 1790370285
Banner

काठमाडौंको न्यू रोडमा पुरुषको शव फेला

काठमाडौं – काठमाडौंको न्यू रोडमा एक जना मृत फेला परेका छन्।

काठमाडौं महानगरपालिका २४ रञ्जना सोडा गल्लीमा टेकुका ३४ वर्षीय सुरेन महर्जन मृत फेला परेको काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिनु भयो ।

बुधबार एक जना पुरुष व्यक्ति अचेत अवस्थामा लडिरहेको सूचनापछि अपराध महाशाखा र तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलमा पुगेको थियो।

अहिले शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको एसपी मैनालीले बताउनु भयो ।