३० कार्तिक २०८३, सोमबार Monday, 16 November 2026
हामीलाई पछ्याउनुहोस्
३० कार्तिक २०८३, सोमबार 6:03 am
समाचार

प्रधानमन्त्री शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल

सूचना प्रेस २०८२ चैत्र ३० सोमबार ००:००, १५:३६ बजे १ मिनेट पढाइ

काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गरेका छन्।

छलफलमा प्रदेशका सांसदहरू र प्रधानमन्त्रीबीच विकास आयोजना, सेवा प्रवाह र संघ-प्रदेश समन्वयसँग सम्बन्धित विषयमा विचार विमर्श भएको बताइएको छ।

बैठकमा बागमती प्रदेशका प्राथमिकता, स्थानीय तहसँगको समन्वय तथा आगामी नीति तथा कार्यक्रम कार्यान्वयनका विषयमा सुझाव आदान-प्रदान गरिएको जनाइएको छ।