५ आश्विन २०८१, शनिबार 1726908302
विश्व

नेपाल: यूएनको ७७ औं महासभाको उपाध्यक्षमा निर्वाचित

काठमाडौँ — संयुक्त राष्ट्र संघ ९यूएन० को ७७ औं महासभाको उपाध्यक्षमा नेपाल निर्वाचित भएको छ । न्यूर्योकमा रहेको यूएनको लागि नेपालको नियोगका अनुसार नेपाल उक्त पदमा बुधबार निर्वाचित भएको हो ।

नेपालले यसअघि पनि उक्त जिम्मेवारी सम्हालिसकेको छ । परराष्ट्र मन्त्रालयका अनुसार नेपाललाई बहुपक्षीयतामा सहभागिता बढाउने र यूएनलाई बढ्दो विश्वव्यापी समस्याहरुलाई समाधान गर्ने सम्मान र अवसर हो ।यूएनका अनुसार हंगेरीका न्यूर्योकस्थित यूएनका लागि नियोग प्रमुख साबा कोरोसी ७७ औं महासभाको अध्यक्षमा निर्वाचित भएका छन् । यूएनको महासभा हरेक वर्ष सेप्टेम्बर १३ देखि २७ सम्म हुन्छ ।