३१ बैशाख २०८३, बिहिबार 1778796859
समाचार

सभामुख अर्यालको गाडीलाई सिंहदरबार पुगेर ट्राफिकले काट्यो चिट

काठमाडौँ : सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ ।

बुधबार थापाथलीस्थित सडकमा ट्राफिक नियम उल्लघंन गरेको सभामुखको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको हो । सभामुखको गाडीसँगै अगुवा र पछुवा गरी तीन वटा गाडीलाई चिट काटिएको छ ।

थापाथलीमा ट्राफिक नियम उल्लघंन गरेर सभामुखको गाडी सिंहदरबार पुगेको थियो । ट्राफिक प्रहरी सिंहदरबारमै गएर चिट काटेको हो ।

गाडीमा उनी सवार भए नभएको बारेमा भने प्रहरीले केही बताएन ।