१७ असार २०८३, बुधबार 1782970211
Banner

पूर्वमन्त्री खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, विदेश जान अदालतको अनुमति लिनुपर्ने

काठमाडौँ – सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि भन्दै सरकारले पक्राउ गरेका नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जामन्त्री दीपक खड्कालाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ।

कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले खड्कालाई थुनामा राख्ने निर्णय कानुनविपरीत भएको ठहर गर्दै  थुना मुक्त गर्न आदेश दिएको हो ।

खड्काको थुनालाई अदालतले कानुनसम्मत नभएको ठहर गर्दै उहाँलाई विदेश जाँदा अदालतको अनुमति लिनुपर्ने आदेश  समेत गरेको सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।

कोइरालाका अनुसार अब खड्का थुनामुक्त भए पनि विदेश जानका लागि भने उहाँले अदालतको अनुमति लिनुपर्ने छ।

गैरकानुनी तवरमा थुनामा राखिएको भन्दै खड्काका तर्फबाट उहाँकी पत्नी विनीता थापाले अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दायर गर्नु भएको थियो ।