२४ भदौ २०८३, बुधबार 1788942765
Banner

प्रधानमन्त्री बालेनको पुरानो रयाप ब्याटल हटाउन माग गर्दै पर्‍यो उजुरी

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको १२ वर्ष अघिको र्‍याप ब्याटल युट्युबबाट हटाउन माग गर्दै प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको छ।

महिला तथा लैंगिक अल्पसंख्यक समुदायको आत्मसम्मानमा ठेस पुगेको भन्दै संविधानसभा सदस्य सुनिलबाबु पन्तले साइबर ब्यूरोमा इमेलमार्फत उजुरी दिएका हुन्।

उक्त उजुरी शुक्रवार दर्ता भएको साइबर ब्यूरोका प्रहरी उपरीक्षक दीलिपकुमार गिरीले जानकारी दिए। आज पुनः अर्को उजुरी पनि परेको जनाइएको छ।