काठमाडौं । हर्कराज राई (साम्पाङ)को उपस्थितिमा शनिबार पशुपतिनाथ मन्दिर परिसरमा श्रमदान कार्यक्रम सम्पन्न गरिएको छ ।
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य समेत रहेका साम्पाङको सहभागितामा आयोजित कार्यक्रममा सरसफाइका साथै विभिन्न श्रमजन्य कामहरू सम्पन्न गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै साम्पाङले देशमा सरसफाइलाई तीन तहमा बुझ्नुपर्ने धारणा राखे । उनले मन, तन र वातावरणको सरसफाइ आवश्यक रहेको उल्लेख गर्दै सबै नागरिक तीनै क्षेत्रमा सक्रिय हुनुपर्ने बताए ।

‘हामीले सरसफाइ गर्नुपर्छ । सरसफाइ यो देशमा तीन खालको छ– मन, तन र वातावरणको । यी तीनवटै तहका व्यक्ति वा निकायहरु सरसफाइमा लाग्नुपर्छ,’ उनले भने ।



