२९ बैशाख २०८३, मंगलबार 1778631120
Banner

भुपदेव शाहलाई महामन्त्री बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीमा भूपदेव साह मनोनीत भएका छन् ।

यस्तै, पार्टी सचिवालयमा सागर ढकाल र सरिताश्री ज्ञवाली मनोनीत भएका प्रवक्ता मनिष झाले जानकारी दिए ।

रास्वपा केन्द्रीय समितिको बैठकको छलफलबाट केन्द्रीय सल्लाहकार परिषद्‌मा र केन्द्रीय नेतृत्व परिषद्‌मा केही सदस्य थप गरेको हो ।

प्रवक्ता झाका अनुसार पार्टीको संघीय नेतृत्व मञ्चमा मनोनीत नयाँ सदस्यहरू तुलसीप्रसाद चौधरी,सप्तरी‚ रामसिंह थारू,बर्दिया‚ जीवन धामी,मोरङ‚ प्रेमा चौधरी,कैलाली‚ नवराज राना,कञ्चनपुर र एकराज चौधरी,दाङ रहेका छन् ।

यसैगरी, केन्द्रीय सल्लाहकार परिषद्‌मा जीवन प्रभा लामा,काभ्रे‚ मोतीप्रसाद पंगाली,नवलपरासी पूर्व‚ हरिप्रसाद पाण्डे,भक्तपुर र विष्णुहरि शर्मा,कपिलवस्तु मनोनीत भएका छन् ।