काठमाडौं : बजाज पल्सर मोटरसाइकल गुडिरहेको अवस्थामा अचानक आगलागी भएर खरानी बनेको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित सडकमा बा ९० प ८१८१ नम्बरको मोटरसाइकलमा सोमबार गुडिरहेको अवस्थामा आगो लागेर जलेर नष्ट भएको हो ।
सडकमा गुडिरहेको सवारीसाधन करिब दिउँसो एक्कासी आगलागी भएको हो । प्रारम्भिक विवरणअनुसार मोटरसाइकल चलाइरहेका चालकले अचानक इन्जिन भागबाट धुवाँ र आगो देखेपछि तत्काल रोक्ने प्रयास गरेका थिए । तर केही सेकेन्डमै आगो तीव्र रूपमा फैलिँदै गएपछि नियन्त्रण गर्ने प्रयास सफल हुन सकेन ।
स्थानिय बासिन्दा र ट्राफिक प्रहरी घटनास्थलमा पुगेर माटो र पानी प्रयोग गरी आगो निभाउने प्रयास गरे पनि आगो नियन्त्रणभन्दा बाहिर गइसकेको थियो । केही क्षणमै मोटरसाइकल पूरै जलेर नष्ट भएको छ ।


