४ आश्विन २०८१, शुक्रबार 1726813456
Banner

मेलम्चीमा पानीको बहाव बढ्यो, अस्थायी पुलमा क्षति 

काठमाडौं- गएराती आएको वर्षाले सिन्धुपाल्चोकको मेलम्ची नदी आसपास क्षेत्रमा कटान र डुबान सुरु भएको छ । गतवर्षको बाढीपछि बनाइएको अस्थायी संरचनाहरु बाढीले भत्काउन थालेको छ ।
मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुल गएरातिको वर्षाले बगाएको छ। उक्त पुलको अवस्थाबारे जानकारी लिन मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङसहितको टोली त्यसतर्फ गएको छ ।
मेयर तामाङका अनुसार यो वर्षपनि गतवर्षजस्तो अवस्था यहाँका स्थानीयले भोग्न नपरोस् भनेर काम भइरहेको छ। यद्यपि मनसुन सक्रिय भइसकेका कारणले व्यवस्थित पुल तथा संरचना निर्माण मुस्किल भएको उहाँले जानकारी दिनुभयो।