३ आश्विन २०८१, बिहिबार 1726794208
समाचार

ट्याक्टर दुर्घटना हुँदा तेह्रथुममा चालकको मृत्यु

तेह्रथुम: ट्याक्टर दुर्घटना हुँदा तेह्रथुमको म्याङ्लुङ नगरपालिका–१ डबलीमा हिजो साँझ चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तेह्रथुमकै फेदाप गाउँपालिका–५ इसिबुका २६ वर्षीय रबिन खापुङ रहेका छन् । म्याङ्लुङबाट तमोरतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त ४९८ नम्बरको ट्याक्टर हिजो साँझ अनियन्त्रित भई सडकबाट अन्दाजी एक सय मिटर तल खसेको थियो ।

चालक खापुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।