१२ श्रावण २०८३, मंगलबार 1785287635
अर्थ

नयाँ वर्षमा डिशहोमद्वारा आईएसपी र डीटीएच सेवामा विस्तृत वार्षिक अफर सार्वजनिक

काठमाडौं । नेपालको टेलिकम तथा डिजिटल सेवा क्षेत्रमा सक्रिय डिशहोमले नयाँ वर्ष २०८३ को अवसर पारेर आफ्ना Internet Service (ISP) तथा Direct-to-Home (DTH) सेवामा केन्द्रित विभिन्न वार्षिक अफरहरू सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार पछिल्लो समय बढ्दो सञ्चालन खर्च, सामग्री (content) लागत, तथा पूर्वाधार विस्तारका कारण मूल्य संरचनामा सामान्य समायोजन गरिएको भए पनि ग्राहकलाई थप मूल्य दिन बोनस-आधारित योजनाहरू ल्याइएको हो।

यो योजना विशेषगरी वार्षिक रिन्यूअल बढाउने, उच्च गतिको इन्टरनेटमा ग्राहक आकर्षित गर्ने, तथा निष्क्रिय ग्राहकलाई पुनः सक्रिय बनाउने उद्देश्यले ल्याइएको बताइएको छ।