१५ बैशाख २०८३, मंगलबार 1777382393
समाचार

स्कुटर दुर्घटना हुँदा ३५ वर्षीय युवकको मृत्यु

काठमाडौँ : सुनसरीको इटहरीमा गएराति स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

इटहरी उपमहानगरपालिका– ५ मा गएराति दुर्घटना भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा भोक्राहा–६ का ३५ वर्षीय राजवीरेन उराउ रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत इटहरी–५ कलङ्कीमा निर्माणाधीन ‘डाइभर्सन’मा को.२ प ४५८९ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भइ ठोक्किँदा उराँव गम्भीर घाइते भएका थिए।

उनलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।