२४ भदौ २०८३, बुधबार 1788933175
Banner

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा ढकाल

काठमाडौं-सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा सह-सचिव निर्मल ढकाल नियुक्त भएका छन्। 

अर्थ मन्त्रालयले सहसचिव ढकाललाई विभाग महानिर्देशकको जिम्मेवारी दिएको हो। ढकाल यसअघि सोही विभागमा उपमहानिर्देशकको रुपमा कार्यरत थिए।

यसअघि महानिर्देशकको जिम्मेवारीमा रहेका गजेन्द्र ठाकुर मन्त्रालयमा सुरूवा भएसँगै उक्त पदमा नयाँ जिम्मेवारी तोकिएको थिएन।