८ मंसिर २०८१, शनिबार 1732373134
Banner

बालेनलाई देउवाले भने– स्थानीयसँग छलफल गरेर फोहोरको दिर्घकालीन समाधान खोज्नू

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले फोहोर व्यवस्थापनका विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई बोलाएर जानकारी लिएका छन् ।

बिहीबार साँझ बालेनलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न सरकारको साथ रहने बताए ।

साथै उनले बन्चरेडाँडाका स्थानीयवासी र जनप्रतिनिधिसँग पनि छलफल गरेर दिर्घकालीन समाधान खोज्न आग्रह गरे ।

गत मंगलबारदेखि काठमाडौं उपत्यकाको फोहोर उठाउने भनिएपनि सिसडोल र बन्चरेडाँडाका स्थानीयले अवरोध गर्दै आएका छन् । फोहोर नउठेपछि सरकारको आलोचना हुन थालेको छ । 

बिहीबारमात्र संसद्मा सांसहरूले फोहोर व्यवस्थापनका लागि सरकारको ध्यानार्षण गराएका थिए ।

शुक्रबार सहरी विकास मन्त्रालयमा स्थानीयसँग छलफल गर्ने तय भएको छ ।