२० बैशाख २०८३, आइतबार 1777828661
राजनीति

क्रान्तिको सपना अझै पूरा भएको छैन : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको सपना अझै पूरा नभएको बताएका छन् । 

रुकुम पूर्व पुगेका प्रचण्डले आइतबार (वैशाख २०) मुसिकोट नगरपालिका–१०, खर्सुपानीमा आयोजित पार्क उद्घाटन कार्यक्रममा सबै कम्युनिस्ट एकताबद्ध भएर क्रान्तिको सपना पूरा गरिने उल्लेख गरे ।

उनले पछिल्ला उपलब्धिलाई थप व्यवस्थित गर्न शान्ति सम्झौता र संविधान पक्षधर सबै राजनीतिक दललाई मिलाएर अगाडि बढ्ने बताए ।

प्रचण्ड यही वैशाख १७ गते मतदाता भेटघाट गर्न रुकुम पुगेका हुन् ।