२१ बैशाख २०८३, सोमबार 1777916192
समाचार

भक्तपुरमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौँ । भक्तपुरको भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ४३ वर्षीय भारतीय नागरिक विसुनदेव सहनी छन् ।

सोमबार बा.४ ख ३१५६ नम्बरको टिपरको ठक्करबाट उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । टिपर चालक काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिका–१० ज्यामिरे घर भएर बनेपा बस्ने ३६ वर्षीय श्यामकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत्त जगातीले अनुसन्धान गरिरहेको छ ।