काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रथम बैठक आज बस्दैछ ।
बैठक पार्टी कार्यालय ललितपुरमा आज (बुधबार) दिउँसो ३ बजे बस्ने भएको हो ।
पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा बस्ने बैठकमा समसामयिक विषय र पार्टी गतिविधिबारे छलफल हुने बताइएको छ ।


