२५ बैशाख २०८३, शुक्रबार 1778261637
समाचार

सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत

काठमाडौं । पूर्वमाओवादी नेता एवम् पूर्वमन्त्री सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले किराँतीलाई पार्टीमा स्वागत गरेका हुन् ।

किराँती पक्षले वरिष्ठ नेतासहित एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्य पाउने सहमति भएको छ ।