काठमाडौं । विश्वविद्यालयमा रहेका विद्यार्थी संगठनहरु खारेज गर्ने सरकारको निर्णयविरूद्व सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
अनेरास्ववियु,अखिल क्रान्तिकारीलगायतका ८ संगठनहरुले रिट दर्ता गराएका हुन् । रिटमा सरकारको निर्णय उत्प्रेषणको आदेशबाट खारेजीको माग गरिएको छ ।
यसको सुनुवाइका लागि २८ गते पेसी तोकिएको छ।


