२ भदौ २०८३, मंगलबार 1787074276
Banner

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान

काठमाडौं । संसदीय सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माविरुद्ध उजुरी आह्वान गरेको छ। शुक्रबार सिंहदरवारमा बसेको समितिको बैठकले जेठ ४ गतेभित्र उजुरीको समय तोकेको छ।

समितिका सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन दस दिनको समय तोकिएको जानकारी दिए। सो अवधिभित्र प्रमाणसहित उजुरी उनले आह्वान गरे। उजुरीकर्ताको नाम गोप्य राखिने समितिले जनाएको छ।

संवैधानिक परिषद्को बिहीबार बसेको बैठकले चौथो वरीयतामा रहेका न्यायाधीश डा. शर्मालाई प्रधानन्यायाधीश पदमा सिफारिस गरेको थियो।