२६ बैशाख २०८३, शनिबार 1778344806
समाचार

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा ३५ वर्षीया महिलाको मृत्यु

काठमाडौँ : नवलपरासीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका-९ थुम्सीमा ना.७ ख ८६२१ नम्बरको टिपरले ठक्कर दिँदा लु.४१ प ९२३७ नम्बरको मोटरसाइकलमा सवार महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा देवचुली नगरपालिका-१० बस्ने ३५ वर्षीया जमुना गिरी थापा छिन्। दुर्घटनामा गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।