२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 6:57 am
Banner

आज राष्ट्रियसभा बैठकमा ८ वटै अध्यादेश पेश गरिने

सूचना प्रेस २०८३ बैशाख २८ सोमबार ००:००, १३:५३ बजे १ मिनेट पढाइ

काठमाडौं-राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रपतिबाट जारी ८ वटै अध्यादेश पेश हुने भएको छ।

सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा सम्पन्न राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले ८ वटै अध्यादेश पेश गर्ने तय गरेको हो।

यसैगरी, दलको नेताहरूले सम्बोधन गर्ने पनि तय भएको छ।

कार्यसूची अनुसार दिउँसो २ बजे बस्ने राष्ट्रियसभा बैठकमा दलीय आधारमा दल नेताहरूले शुभकामना दिने, सरकारले ल्याएका ८ वटा अध्यादेशहरू पेश गर्ने लगायतका विषय टुङ्गो लागेको हो ।