काठमाडौँ-प्रतिनिधिसभामा सभामुख र उपसभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्ने सदस्य मनोनीत भएका छन्।
आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले ७ सदस्य मनोनीत गरेको जानकारी गराए ।

सभामुख अर्यालका अनुसार कामिनी कुमारी, गंगालक्ष्मी अवाल, ताहिर अलि भाट, पूर्णप्रसाद लिम्बु, बलावती शर्मा, मिङमा ग्याबु शेर्पा र यज्ञबहादुर बोगटी समा सञ्चालन गर्ने सदस्य मनोनीत भएका हुन्।


