२९ बैशाख २०८३, मंगलबार 1778609697
अर्थ

आईपीओ जारी गर्दै यती एअरलाइन्स, एनआईएमबी एस क्यापिटल बिक्री प्रबन्धक नियुक्त

काडमाडौं । यती एअरलाइन्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । यसका लागि कम्पनीले एनआईएमबि एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

आन्तरिक हवाई सेवा प्रदान गदै आइरहेको यति एअरलाइन्स नेपालका अग्रणी निजी हवाई सेवा प्रदायकहरुमध्ये एक हो । कम्पनीले उच्च सुरक्षा मापदण्ड, विश्वसनीय सञ्चालन तथा गुणस्तरीय सेवामा विशेष जोड दिँदै देशका प्रमुख शहरी तथा दुर्गम गन्तव्यहरुमा नियमित उडान सञ्चालन गर्दै आएको छ । साथै, नेपालको हवाई पहुँच विस्तार तथा क्षेत्रिय कनेक्टिभिटी सुदृढ गर्न कम्पनीले महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

धितोपत्र निष्कासनसम्बन्धी उक्त सम्झौतापत्रमा यती एअरलाइन्सका तर्फबाट प्रमुख वित्त अधिकृत अनुप आचार्य र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।