काठमाडौं । काठमाडौंको बुढानीलकण्ठस्थित होलिडे इन रिसोर्ट काठमाडौं बुढानीलकण्ठले दसैँ र तिहारलाई लक्षित गर्दै विशेष उत्सव प्याकेज सार्वजनिक गरेको छ। नेपाली परम्परागत स्वाद, पारिवारिक मनोरञ्जन र प्राकृतिक वातावरणमा आरामदायी बिदाको अनुभव प्रदान गर्ने उद्देश्यले रिसोर्टले ‘फेस्टिभ स्टे प्याकेज’ ल्याएको हो।

शिवपुरी क्षेत्रको शान्त र प्राकृतिक वातावरणमा रहेको रिसोर्टले चाडपर्वका अवसरमा परिवार तथा साथीभाइसँग समय बिताउन चाहने पाहुनालाई लक्षित गरी प्याकेज तयार पारेको जनाएको छ। रिसोर्टका अनुसार प्याकेजको मूल्य प्रति रुम १४ हजार रुपैयाँ नेट तोकिएको छ। यसमा एक रातका लागि स्ट्यान्डर्ड रुममा बस्ने सुविधा, बिहानको खाजा र परम्परागत नेपाली परिकारसहितको चाडपर्व विशेष रात्रिभोज समावेश छन्। प्याकेजअन्तर्गत पाहुनाले खानाको मेनुमा रहेका विभिन्न परिकार तथा सफ्ट ड्रिंक्समा ५० प्रतिशत छुट पाउनेछन्। त्यस्तै, चङ्गा उडाउने गतिविधि, उत्सव विशेष हाइ–टी, स्विमिङ पुल, बालबालिकाका लागि किड्स क्लब, बोर्ड गेम्स तथा निःशुल्क दुई पिन्ट बियरको सुविधा पनि उपलब्ध हुनेछ।
परिवारसँग रिसोर्टमा बस्न चाहने पाहुनाका लागि अतिरिक्त बेडको व्यवस्था पनि गरिएको छ। अतिरिक्त बेडका लागि प्रतिरात ३ हजार ५०० रुपैयाँ नेट शुल्क लाग्नेछ। यसमा पनि प्याकेजमा समावेश सुविधाहरू उपलब्ध हुने रिसोर्टले जनाएको छ। दसैँ र तिहारको अवधिभर लागू हुने यो प्याकेजले चाडपर्वका बेला होटल तथा रिसोर्टमा बसेर बिदा मनाउन चाहने आन्तरिक पर्यटकलाई लक्षित गरेको छ।
प्याकेज तथा बुकिङसम्बन्धी जानकारीका लागि रिसोर्टको फोन नम्बर +९७७–१–५९७०६५१ मा सम्पर्क गर्न सकिने रिसोर्टले जानकारी दिएको छ ।

