काठमाडौँ : अर्घाखाँचीको पाणिनी गाउँपालिकास्थित दुर्गाफाट कुरुलेमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ। उक्त दुर्घटनामा अन्य २७ जना घाइते छन्।

प्रहरीका अनुसार २ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो।
सुपा देउराली दर्शन गरी पर्वत फर्किँदै गरेको ध १ ख ५०४ नम्बरको बस दुर्घटनामा परेको हो
मृत्यु हुनेमा कास्की पोखरा महानगरपालिका १९ की ७८ वर्षीया राममाया बस्नेत, सोही ठाउँकी ७८ वर्षीया बिन्दु कुँवर, पर्वतको मोदी गाउँपालिका ५ की ५० वर्षीया कौशिला रेग्मी र बस चालक ४५ वर्षीय रमेश जिसी रहेका अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक दिवसबहादुर जिसीले जानकारी दिए।


