१४ असार २०८३, आइतबार 1782659802
Banner

रास्वपाको महाधिवेशन असारमा हुने

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा प्रथम महाधिवेशन आगामी असार पहिलो साता गर्ने प्रस्ताव पेस भएको छ।

पार्टी कार्यालय बनस्थलीमा जारी केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेले असार ६, ७ र ८ गते महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका हुन्। महाधिवेशन चितवनमा गर्ने प्रस्ताव छ। यसअघि रास्वपाले चुनाव सकिएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो। त्यसअनुसार भदौभित्र महाधिवेशन गरिसक्नुपर्ने हुन्थ्यो। रास्वपा २०७९ सालमा गठन भएको थियो।

आजको केन्द्रीय समिति बैठकमा महाधिवेशनसहित विविध विषयमा छलफल गर्ने एजेण्डा रहेको प्रवक्ता मनिष झाले जानकारी दिए।