५ जेष्ठ २०८३, मंगलबार 1779185106
Banner

ट्रम्पले स्थगित गरे आज इरानमाथि हुने भनिएको आक्रमण

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज (मंगलबार) हुने भनिएको इरानमाथिको योजनाबद्ध आक्रमण स्थगित गरिएको बताएका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमा लेख्दै यो जानकारी गराएका हुन् ।

उनले कतार, साउदी अरेबिया र युएईजस्ता खाडी देशका नेताहरूले वार्ताका लागि अझै केही दिनको समय मागेको उल्लेख गर्दै आक्रमण स्थगित गरेको बताए । उनले गम्भीर वार्ता भइरहेको, अमेरिका र मध्य पूर्व देशहरूले स्वीकार गर्नसक्ने सम्झौतामा पुग्न सकिने समेत बताए ।

ट्रम्पले अमेरिकी रक्षा सचिव पिट हेगसेथ, संयुक्त चिफ अफ स्टाफका अध्यक्ष जनरल डेनियल केन र अमेरिकी सेनालाई आक्रमण नगर्न निर्देशन दिए । यद्यपि, ट्रम्पले सम्झौता भएन भने अमेरिकी सेना जुनसुकै बेला ठूलो मात्रामा आक्रमण गर्न तयार हुने उल्लेख गरेका छन् ।

ट्रम्पले प्रस्तावित सम्झौताको सबैभन्दा महत्त्वपूर्ण सर्त इरानसँग आणविक हतियार हुन नहुने उनको भनाइ छ ।