काठमाडौँ । मङ्गलबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार बैठक आज अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो ।

नियमित कार्यसूचीका साथै सरकारका पछिल्ला निर्णय र समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको मन्त्री पोखरेलले जानकारी दिए । बैठकमा विभिन्न मन्त्रालयका प्रस्ताव र प्रशासनिक कामका सम्बन्धमा निर्णय हुनेछन् ।
आजको बैठकमा हुने निर्णयका बारेमा बैठक सकिएपछि जानकारी दिइने प्रवक्ता पोखरेलले बताए ।


