५ आश्विन २०८१, शनिबार 1726953310
Banner

बिहानदेखि बिजुलीको तारमा रहेका माइलाको सेनाले गर्‍यो उद्धार 

काठमाडौं – ककनीबाट दिनभरि हाइटेन्सन लाइनमा चढेका प्रेम बिक (माइला) लाई नेपाली सेनाले हेलिकोप्टरमार्फत उद्धार गरेको छ । 

शनिबार बिहान १० बजेदेखि बिजुलीको तारमा चढेर हिँडिरहेका बिकलाई साँझ ७ बजेपछि नेपाली सनोको टोलीले सकुसल उद्धार गरेर जमिनमा उतारेको स्थानीय जयबहादुर तामाङले बताउनु भयो ।
तामाङमा अनुसार हेलिकोप्टरमा गएका तीनजना सैनिकले उनलाई फकाएर तारबाट निकालेर हेलिकोप्टरमा चढाएका थिए ।