काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको हो।
महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि हिजो सुन प्रतितोला २ लाख ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५१ हजार ८०० रुपैयाँ कायम गरिएको छ । बिहीबार भने २ लाख ५१ हजार ८८५ रुपैयाँ रहेको थियो।
आज चाँदीको मूल्य भने वृद्धि भएको छ। हिजो प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी आज ६५ रुपैयाँले बढेर ५ हजार ११५ रुपैयाँ पुगेको छ। महासंघले आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३८५ रुपैयाँ तोकेको छ।


