५ आश्विन २०८१, शनिबार 1726938666
Banner

भारतीय ग्यास बुलेटको ठक्करबाट बाबु छोरीको मृत्यु

काठमाडौं : हेटौंडाको पशुपतिनगरमा भारतीय ग्यास बुलेटको ठक्करबाट मोटसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। 

भारतबाट ग्यास बोकेर आएको एनएल–०१एल २९७१ नम्बरको ग्यास बुलेटले हेटौंडा बजारतर्फ आउँदै गरेको ना ६१ प ४५९७ नम्बरको मोटरसाइकलाई पछाडिबाट ठक्कर दिंदा बाबु–छोरीको मृत्यु भएको प्रहरी जनाएको छ।

घटनामा ५५ वर्षीय बावु ईश्वरकुमार तामाङ र उनकी २६ वर्षीय छोरी अमिना तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

ग्यास बुलेटको ठक्करबाट मोटरसाइकल उछिट्टिएर घाइते भएका उनीहरूलाई हेटौंडा अस्पतालमा ल्याउने बित्तिकै डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।