५ आश्विन २०८१, शनिबार 1726922181
Banner

‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एमसीसीको कार्यालय घेर्ने

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज दिउँसो १ बजे दरबारमार्गमा रहेको एमसीसीको नेपाल कार्यालय घेराउ गर्ने जनाएको छ।​

काठमाडौंमा हिजो पत्रकार सम्मेलन गर्दै सो पार्टीले यस बिषयमा जानकारी गराएको हो। ​नेकपाका केन्द्रीय सदस्य चिरण पुनले नेपालमा एमसीसी सम्झौता भएकोप्रति लक्षित गर्दै कतै देशले अब युक्रेनको हालत भोग्नुपर्ने त होईन ? भन्ने खतरा औंल्याएका छन्।

उनले भने, ‘हाम्रो देशमा एमसीसी भित्रिसकेपछि अमेरिकी सेनाका जर्नल नेपाल भ्रमणमा छन्, कतै देश अमेरिकाबाट युक्रेन त हुने होईन ? आज यो खतरा पैदा भएको छ।’

पुनले अमेरिकी साम्राज्यवादको विरुद्धमा आफूहरुले संघर्षको कार्यक्रम सुरु गरेको उल्लेख गर्दै सोही अन्तगर्तत एमसीसीको नेपाल कार्यालय घेराउ गर्ने पनि जनाए।