६ आश्विन २०८३, मंगलबार 1790106246
समाचार

बालेनलाई खोपीको देउता बनाउँदै घण्टी बजाएर पूजा गर्ने हो?

काठमाडौँ : एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री वालेन्द्र शाह खोपीको देउता बन्न खोजेको आरोप लगाएका छन्। आज (मंगलबार) प्रतिनिधि सभा बैठकमा उनले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी नभएको बताएका हुन्।

‘उहाँ (प्रधानमन्त्री शाह) खोपीका देउता बन्दै हुनुहुन्छ,’ उनले भने, ‘म सरकार र सत्ता पक्षलाई सोध्न चाहन्छु, के उहाँलाई खोपीको देउता बनाउँदै घण्टी बजाएर पूजा गर्ने हो?’

उनले लोकतन्त्र र संविधानको चीरहरण गरेर बालेनतन्त्र स्थापना गर्न खोजिएको पनि आरोप लगाए। ‘प्रधानमन्त्री संविधान र प्रतिनिधिसभा नियमावलीको कार्यान्वयन गर्न पनि प्रधानमन्त्रीले सदनलाई जवाफ दिनुपर्छ, उहाँ नआई यो सभा अगाडि बढ्न सक्दैन,’ उनले भने, ‘सदनप्रति उत्तरदायी, जनमतको सम्मान गर्न प्रधानमन्त्री उपस्थिति हुनुपर्छ भन्ने हाम्रो माग हो।’ यस्तै उनले यस विषयमा प्रधानमन्त्री र सरकारलाई रुलिङ गर्न पनि सभामुखसमक्ष माग गरे।