६ आश्विन २०८३, मंगलबार 1790108788
Banner

प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ : प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगिन भएको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले पेश गरेको ‘पर्यटन विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथि छलफल भइरहँदा विपक्षीको विरोध नरोकिएपछि सभामुख डोलप्रसाद अर्यालले सदन १५ मिनेटका लागि स्थगन गरेका हुन्।

विपक्षी सांसदको विरोधकै बिच सभामुखले मन्त्री पौडेललाई विधेयक पेश गर्न अनुमति दिएका थिए। विधेयक पेश भएसँग त्यसमाथिको सामान्य छलफल चलिरहँदा विपक्षीको विरोध चर्किएपछि सभामुखले सदन स्थगन गरेका हुन्।