१३ जेष्ठ २०८३, बुधबार 1779893270
समाचार

पेशी व्यवस्थापनमा गोला प्रक्रियाको विकल्प सोचेको छैन : सर्वोच्च अदालत

काठमाडौँ : सर्वोच्च अदालतले अदालतहरूमा लागू गरिएको गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापन गर्ने प्रणालीमा कुनै पनि परिवर्तन वा पुनर्विचार गर्ने सोच नरहेको प्रष्टीकरण दिएको छ ।

केही मिडिया र सामाजिक सञ्जालमा गोला प्रक्रियाको विकल्प खोजिन लागेको समाचार सार्वजनिक भएको भन्दै सर्वोच्चले स्पष्ट पारेको हो ।

प्रवक्ता अर्जुनप्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दैनिक पेशी व्यवस्थापनका लागि अवलम्बन गरिएको गोला प्रक्रियाको बारेमा पुनर्विचार गर्ने कुनै पनि सोच र धारणा औपचारिक रूपमा कतै पनि चर्चा र छलफल भएको छैन ।’

अदालतहरूमा गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापन सम्बन्धी कार्यविधि निर्देशिका, २०७८ बमोजिम हाल मुद्दाको पेशी व्यवस्थापन हुँदै आएको सर्वोच्चले जनाएको छ ।