काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनको घटनाबारे छानबिन गरी प्रतिवेदन सार्वजनिक गरेको छ ।
आयोगले भएको भदौ २३ मा भएको दमन र भोलिपल्टको घटनाबारे छानबिन गरी प्रतिवेदन बुधबार सार्वजनिक गरेको हो । भदौ २३ र २४ को घटनामा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा समिति गठन भएको थियो ।
प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली लगायतलाई दोषी देखाएको छ । त्यस्तै, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन संचारमन्त्री पृथ्वीसुब्बा गुरूङलाई पनि मानव अधिकार उल्लंघन गरेको भन्दै दोषी ठहर गरेको छ ।


