३ भदौ २०८३, बुधबार 1787145044
समाचार

कांग्रेसले कारबाही गरेपछि दुई वडाध्यक्षको पद रिक्त

काठमाडौँ : कांग्रेसले कारबाही गरेपछि दुई वडाध्यक्षको पद रिक्त भएको छ।

निर्वाचन आयोगले बिहीबार सूचना जारी गरी गुल्मीको मुसिकोट नगरपालिका-२ र धुर्कोट गाउँपालिका-३ को वडाध्यक्ष पद रिक्त भएको जानकारी दिएको छ।

मुसिकोट-२ का वडाध्यक्ष रवीन्द्र केसी र धुर्कोट-३ का वडाध्यक्ष रवीन्द्र केसीको पद रिक्त भएको हो।

राजनीतिक दल सम्बन्धी ऐन र नियमावली अनुसार दल त्याग गरेको ब्यहोरा दलको केन्द्रीय समितिले निर्णय गरी आयोगलाई जानकारी गराउनुपर्ने व्यवस्था छ।

‘नेपाली कांग्रेसको २०७९ को स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका तपलसिल बमोजिमका जनप्रतिनिधहरू अन्य दलमा प्रवेश गरेको भनी केन्द्रीय कार्यसम्पादन समितिको निर्णयको प्रतिलिपीसहित आयोगमा जानकारी हुन आएकाले…,’ आयोगले जारी गरेको सूचनामा भनिएको छ।