२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 10:37 am
अर्थ

सुनको मूल्य साढे ५ हजार रुपैयाँ घट्यो

सूचना प्रेस २०८३ जेष्ठ १४ बिहिबार ००:००, ११:२७ बजे १ मिनेट पढाइ

काठमाडौँ । बिहीबार सुनको मूल्य तोलामा साढे ५ हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम भएको हो ।

यसअघि बुधबार सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्यमा पनि प्रतितोला २१५ रुपैयाँको गिरावट आएर ४ हजार ८६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।