१४ जेष्ठ २०८३, बिहिबार 1780002109
Banner

अर्थमन्त्रीद्वारा राष्ट्रपतिलाई आगामी बजेटबारे जानकारी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे जानकारी गराएका छन् । 

बिहीबार अपरान्ह राष्ट्रपति कार्यालय शितल निवास पुगेर उनले आर्थिक वर्ष २०८३–८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) बारे राष्ट्रपतिलाई जानकारी गराएका हुन् । 

भेटमा अर्थमन्त्री डा. वाग्लेले संसद्मा पेस गरेको आर्थिक सर्वेक्षण २०८२–८३ र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन पनि राष्ट्रपतिलाई हस्तान्तरण गरे । 
  
अर्थमन्त्री डा. वाग्लेले भोली (जेठ १५ गते शुक्रबार) अपरान्ह ४ बजे संसदको संयुक्त सदनमा सरकारको आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै छन् । बजेट निर्माण प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको छ ।