काठमाडौँ- सरकारले व्यक्तिगत आयकर छुटको सीमा बढाएको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले व्यक्तिगत आयकरको सीमा १० लाख पुर्याइएको जानकारी दिनुभएको हो ।
अब न्यूनतम एक प्रतिशत कर लाग्ने आयको सीमा ५ लाखबाट बढेर १० लाख पुगेको छ ।


