काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन् ।

उनी भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा भारत गएका हुन् ।
लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यसूची रहेको छ । भ्रमण सकेर लामिछाने जेठ २२ गते स्वदेश फर्कने तय भएको छ।


