१८ जेष्ठ २०८३, सोमबार 1780341889
समाचार

नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त

काठमाडौँ : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)को अध्यक्षमा करुणा कटुवाल नियुक्त भएकी छन्। धनकुटा निवासी कटुवाललाई सोमबार पार्टी सभापति गगनकुमार थापाले संघको रिक्त अध्यक्ष पदमा नियुक्त गरेका हुन्।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत वैशाख २१ गतेको बैठकले गरेको निर्णय बमोजिम सभापति थापाले पार्टीको विधान, २०१७ (संशोधन सहित)को धारा ४२ (१) (च) को अधिकार प्रयोग गरी कटुवाललाई यो जिम्मेवारी दिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नवनियुक्त अध्यक्ष कटुवाललाई सभापति थापाले महाधिवेशन सम्पन्न गर्ने मुख्य लक्ष्यसहित ११ बुँदे कार्यादेश र विस्तृत कार्य विवरण समेत प्रदान गरेको उनले बताए ।