५ आश्विन २०८१, शनिबार 1726960809
Banner

चर्चित ¥यापर जि–बब भन्छन, आमाबाबु सँग बोल्न मन लाग्दैन, मलाई स्वतन्त्रता चाहियो (भिडियो)

काठमाडौं । चर्चित रयापर जि–बबले आफुलाई परिवार नचाहिने भन्दै मिडियामा आएका छन् । आमाबाबुले आफनो स्वतन्त्र भएर बाँच्न पाउने अधिकार खोस्न खोजेको भन्दै उनले पत्रकार सम्मेलन मार्फत परिवारसँग बस्न नचाहेको बताएका हुन । उनले भने, ‘मलाई परिवार चाहिदैन म स्वतन्त्र भएर बाँच्न चाहन्छु ।’

आमाले आफू एएनटीएफको कब्जामा रहेको भनेर गलत आरोप लगाएको बताउँदै जि–बबले भने, छोरालाई टर्चर दिएका कारण म त्यो घरमा बस्न नचाहेको हुँ । हो म मम्मीसँग कन्ट्याक्टमा बस्दिनँ । मलाई उहाँसँग बोल्नै मन लाग्दैन त के गर्ने ? म ठूलो भएको छोरा हो । मेरो पनि लाइफ हुन्छ नि । तपाईंहरू पनि मेरो ठाउँमा आएर सोच्नु न । ’

उनले भने, बुबा म सानै छँदा दुबई जानुभयो । फोटो देखेको हो । बेलाबेलामा फोनमा कुरा गर्नुहुन्थ्यो । जहिले पनि आईटी पढ आईटी पढ भन्नुहुन्थ्यो । मेरो र्‍यापमा बुबाआमाको कुनै सहयोग भएन,’ उनले भने ।

अस्ति भर्खर दुबईबाट फर्केर आएको बुबासँग आफू नबस्ने उनले बताए । आमाबुबासँगको सम्बन्ध समाप्त नै गर्न चाहेको उनको भनाइ थियो ।

‘मैले सिध्याउनै खोज्या हो । आई क्यान लिभ अलोन । म अब फेमिलीसँग बस्दिनँ । डेन्जर प्लान बनाइराको छु । म मेरो नयाँ फेमिली बनाउँछु’