काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले ३५ वर्षको अवधिमा देशमा केही पनि भएन भन्ने भाष्यलाई तथ्यले प्रमाणित गर्न चुनौती दिएका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित जागरण अभियानको उद्घाटन कार्यक्रममा नेपालले ३५ वर्षमा केही भएन भन्ने कुरा तथ्य र प्रमाणले पुष्टि गर्न चुनौती दिएका हुन्। यो भाष्यलाई तथ्य र प्रमाणले पुष्टि गर्छ भने स्वीकार्न तयार छौं,’नेपालले भने।
पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले दुई महिने जागरण अभियानको सुरुवात गरिएको नेपालले बताए। जनताको मुद्दा बोकेर पार्टीलाई जनतासँग जोड्नका लागि अभियानको सुरुवात गरिएको उल्लेख गर्दै नेपालले आफूभित्रका कमीकमजोरी सच्याउन आफूहरू तयार रहेको बताए। जनतासँग टाढा भएर होइन, जनतासँग नजिक भएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए।

