१९ जेष्ठ २०८३, मंगलबार 1780407879
Banner

यी हुन मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ४ वटा निर्णय गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार यस्ता छन् निर्णयहरू

१. युनाइटेड नेसन्स इन्भाइरोमेन्ट प्रोग्राम (UNEP) बाट ओजन तहलाई हानी पुर्‍याउने पदार्थको व्यवस्थापन र न्यूनीकरणसम्बन्धी मन्ट्रियल प्रोटोकलको कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्ने ।

२.सशस्त्र प्रहरीका डीआईजी अञ्जनीकुमार पोखरेललाई AIG पदमा बढुवा गर्ने।

३. २०८० साल भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित आयोगले पेश गरेको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित अध्ययन समितिको कार्यअवधि ४५ दिनले थप गर्ने ।

४. भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला (कास्की) तथा सदस्य पदमा अमीरप्रसाद न्यौपाने (काठमाडौँ), पद्मनीति सोती (लमजुङ) र डा। रोहना श्रेष्ठ (काठमाडौं) लाई नियुक्ति गर्ने।