२० जेष्ठ २०८३, बुधबार 1780474960
Banner

रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्दै छन् ।

लामिछानेले भारत भ्रमणको तेस्रो दिन भारतीय प्रधानमन्त्री मोदीसँग भेट गर्न लागेका हुन् ।

यसअघि मंगलबार रविले भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीनसँग भेटवार्ता गरेका थिए । भेटमा रवि र नवीनबीच राजनीतिमा जेनजीको बढ्दो भूमिका र सम्भावना, लोकतान्त्रिक सहभागिता, सार्वजनिक बहस र भविष्यको नेतृत्वलाई आकार दिने बारेमा छलफल भएको थियो ।

रवि यही जेठ २२ गते स्वदेश फर्कनेछन् ।